चिनियाँ नयाँ पुस्ता बल्ल विवाहतिर आकर्षित

चिनियाँ नयाँ पुस्ता बल्ल विवाहतिर आकर्षित

जनसंख्या बृद्धिदर घट्दै गएको र वृद्धहरुको संख्या बढ्दै गएको चिन्तापूर्ण क्षणवीच चीनले बल्ल राहतको सास फेरेको छ । नयाँ नीतिका कारण चालु वर्ष २०२५ मा जनसंख्या बढ्ने सकारात्मक संकेत मिलेको बताइन्छ। 

यो वर्षको पहिलो नौ महिनामा विवाह दर्तामा ८.५ प्रतिशतले बृद्धि भएको छ । चीनको नागरिक मामिला मन्त्रालयका अनुसार ५१ लाख ५० हजार जोडीले गत जनवरीदेखि सेप्टेम्बरसम्म विवाह दर्ता गराएका छन् । गत वर्ष सोही अवधिमा यो संख्या ४७ लाख ५० हजार  मात्रै थियो ।

५१ लाख ५० हजार जोडीले गत जनवरीदेखि सेप्टेम्बरसम्म विवाह दर्ता गराएका छन् । गत वर्ष सोही अवधिमा यो संख्या ४७ लाख ५० हजार थियो । 

विशेषज्ञहरूका अनुसार चीनले यो वर्षदेखि लागू गरेको विवाह प्रोत्साहन योजनाको कारण उक्त सफलता प्राप्त भएको हो । परम्परागत विवाह प्रक्रियालाई सहज बनाउने,स्थानीय स्तरमा प्रोत्साहन रकम उपलब्ध गराउने, आवास सहुलियत र परिवारमैत्री सेवा दिने सरकारी योजनाका कारण नयाँ पुस्ता विवाहका लागि तयार भएका हुन् । 

उता,विवाहसँगै सम्बन्धविच्छेद (डिभोर्स) दर्तामा पनि सामान्य वृद्धि देखिएको छ। चालु वर्षको पहिलो नौ महिनामा २० लाख ८० हजार दम्पतीले डिभोर्स दर्ता गराएका छन् ।  जुन गत वर्षको सोही अवधिमा १९ लाख ७० हजार थियो ।

टिप्पणीहरू