चीनको हाफ म्याराथनमा १० हजार सहभागी, आठ जना नेपाली
चीनको यिवु शहरमा खुल्ला हाफ म्याराथन आयोजना गरिएको छ । ‘नयाँ सिल्क रोड, अघि बढौं’ भन्ने मूल नाराका साथ हिजो बिहान साढे ७ बजे शुरु भएको हाफ म्याराथनमा १० हजार जनाले भाग लिएको बताइएको छ ।
२०२५ कायो यिवु हाफ म्याराथन नाम दिइएको दौड प्रतियोगिताले खेलकुद, संस्कृति र सहरको सुन्दर परिदृश्यको उत्कृष्ट समिश्रण प्रस्तुत गरेको आयोजकको भनाइ छ । २१.०९७५ किलोमीटरको उक्त दौड यिवु नगरपालिका सरकारको प्रायोजनमा चाइनिज एथलेटिक्स एसोसिएसनले आयोजना गरेको थियो ।
प्रतियोगितामा पुरुषतर्फका युवक वु मिङयाओले १ घण्टा ४ मिनेट ४४ सेकेन्डमा दूरी पार गरेर पहिलो बने । महिलातर्फ लि झिक्सुआनले १ घण्टा १२ मिनेट १२ सेकेन्डमा पूरा गरेर प्रथम बनेकी हुन् ।
दौड मार्गमा नयाँ संग्रहालय, कला संग्रहालयजस्ता सांस्कृतिक स्थलहरू, यिवु नदी र बोटानिकल गार्डेनका दृश्यहरू, अन्तर्राष्ट्रिय व्यापार शहर जस्ता व्यवसायिक केन्द्रहरू समेटिएको थियो। बोटानिकल गार्डेनको ४ किलोमिटरको दृश्यले धावकहरूलाई रमाइलो अनुभव दिएको प्रतिक्रिया दिए।
दौडमा सात ठाउँमा पानी र खाना स्टेसन, १३ मेडिकल स्टेसन र एक हजार दुई सयभन्दा बढी स्वयंसेवक खटिएका थिए । यो दौड सन् २०१५ देखि वार्षिक रुपमा हुँदै आएको छ ।
दौडको पहिलो श्रृंखलामा उक्त शहरमा व्यवसाय गर्दै आएका आठ जना नेपाली सहभागी भएका थिए । त्यसबेला उनीहरुले ६ किलोमीटर मात्रै दौडेका थिए ।



टिप्पणीहरू