ओली र पोखरेल दुबैको प्रचार सुरु

ओली र पोखरेल दुबैको प्रचार सुरु

नेकपा (एमाले)को आसन्न महाधिवेशनका लागि नेताहरु खुला प्रचारमा होमिएका छन् । आगामी नेतृत्वको लागि प्रतिस्पर्धामा उत्रन लागेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरका नेताहरुले छुट्टाछुट्टै प्रचार थालेका हुन् । 

पार्टी महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायतका नेताहरुले केही दिन अघिदेखि नै ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व’ नारा लेखिएको पोस्टर बनाएर प्रचार थालेका छन् । पोखरेल निकटस्थ नेताहरुले पनि आजदेखि ‘लोकतान्त्रिक पार्टी समुन्नत देश, नयाँ नेतृत्व नयाँ सन्देश’ भन्ने नारा लेखिएको पोस्टर बनाएर प्रचार सुरु गरेका छन् । उनीहरुले पार्टी उपाध्यक्षहरु सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यको फोटो अंकित पोस्टर समेत बनाएर पोखरेल पक्षमा माहोल बढाएको बताइन्छ । 

यतिबेला ओली र पोखरेल पक्षधरका नेता तथा कार्यकर्ताबीच सामाजिक सञ्जालमा प्रचारको होडबाजी देखिन्छ ।
 

टिप्पणीहरू