चीनमा ट्राफिक लाइटको नयाँ शैली, पैदल यात्रु दंग
चीनमा हरेक क्षेत्रमा उच्च प्रविधिसँगै नयाँ र प्रभावकारी शैली अपनाउने क्रम जारी छ । चिनियाँ सडकमा परम्परागत ट्राफिक लाइटसँगै भुइँतिर रंगीन संकेत देखाउन थालिएको छ ।
मध्य चीनको हुपेइ प्रान्तको राजधानी वुहानमा यस्तो ट्राफिक लाइट राखिएको छ । शहर हुँदै चीनको पूर्वमा रहेको प्रशान्त महासागर पुग्ने याङ्जे नदीको किनार हुँदै गएको सडकमा राखिएको यो ट्राफिक संकेतले विशेषगरी रात्रीकालीन समयमा पैदल यात्रुलाई रोमाञ्चकता थपेको बताइन्छ ।
यात्रुले माथितिर टाउको नउठाइ भुईँतिरै ट्राफिक लाइट देख्ने भएकाले जेब्रा क्रसबाट बाटो काट्न सजिलो भएको बताए ।
टिप्पणीहरू