डेढ सय वर्ष बाँच्ने औषधि बन्दै
चिनियाँ अनुसन्धानकर्ताहरुले विकसित गरिरहेको “ग्रेपसिड” औषधिले मानव आयुलाई डेढ सय वर्षसम्म धकेल्न सक्ने अनुमान गर्न थालिएको छ । चिनियाँ वैज्ञानिकहरूले आधुनिक विज्ञानकै सबैभन्दा महत्वाकांक्षी बुढ्यौली विरुद्धको औषधी बनाउन प्रयास गरिरहेका छन्।
चिकित्सा क्षेत्रमा ‘पिसिसी १’ भनेर चिनिने उक्त रसायन अंगुरको बियाँमा पाइन्छ । यसले मानव शरीरका ‘बुढ्यौली’ वा सेन्सेन्ट सेल (कोष) हरूलाई नष्ट गर्ने क्षमता राख्छ।
प्रारम्भिक अध्ययनहरुमा पिसीसी १ प्रयोग गरिएका मुसाहरु लामो समय बाँचेको र स्वस्थ देखिएको उल्लेख छ । ती मुसाको मांसपेशी शक्ति,अंगको स्वास्थ्य र समग्र जीवनशक्ति सुधारिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । चिनियाँ वैज्ञानिकहरूको विश्वास छ, ‘यो औषधिको सफल परीक्षणले भविष्यमा मानव आयु १२० वर्षभन्दा माथि पुर्याउन र सम्भावित रूपमा १५० वर्षसम्म बढाउन सकिने धेरै सम्भावना भेटिएको छ ।’
दक्षिण चीनको सेन्जेनस्थित बायोटेक कम्पनी लोन्भी बायोसाइन्सेसले पिसीसी १ मा आधारित उपचारविधि मानव परीक्षणका लागि तयार गरिरहेको जनाइएको छ । यो जीवन लम्ब्याउने औषधिलाई वास्तविकतामा ल्याउने ठूलो कदम सावित हुने विश्वास गरिएको छ ।
अनुसन्धानकर्ताहरूले मानव शरीरको बुढ्यौलीपन जनावरकोभन्दा धेरै जटिल छ्
टिप्पणीहरू