चिनियाँ मरुभूमिमा आर्थिक समृद्धि, गोठालाको आम्दानी सवा लाख

चिनियाँ मरुभूमिमा आर्थिक समृद्धि, गोठालाको आम्दानी सवा लाख

चीनको उत्तर–पश्चिममा रहेको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको हुओचेङ काउन्टीमा स्थापित उँट दूध उद्योग स्थानीयको आर्थिक वृद्धिमा नयाँ उत्प्रेरक बनेको छ। यो काउन्टीमा रहेको विशाल घाँसेमैदान र स्वच्छ पानीका स्रोतहरूलाई उपयोग गर्दै उँट पालन र प्रजनन् कार्यलाई विशेष महत्व दिइएको छ ।

दूध कम्पनी, सहकारी संस्था र स्थानीय किसानलाई एकीकृत गर्दै काउन्टीको उँट उद्योगले स्थानीय बासिन्दाका लागि रोजगारी सिर्जना, वातावरण संरक्षण र आर्थिक विकासमा उल्लेख्य सफलता हात पारेको छ । उक्त क्षेत्रको कम्तीमा एउटा फार्मले जैविक खेती र प्रशोधन प्रविधि अपनाएका छन् । जसले दूधको गुणस्तरसँगै मूल्यमा समेत वृद्धि ल्याएको छ ।

फेङचाओ उँट डेरी कम्पनीकी प्रमुख कार्यकारी अधिकृत वाङ सिक्सियन भन्छिन्, ‘यो वर्ष, हामीले उँट दूध उद्योगका लागि अद्यावधिक गरिएको राष्ट्रिय मापदण्डलाई तीव्रताका साथ अपनाएका छौं । चरन क्षेत्र, दूधको स्रोत र प्रशोधन विधिका लागि प्रमाणित ‘त्रि–जैविक’ शुद्ध उँट दूध उत्पादन सुरु गरेका छौं।’

उनका अनुसार सोही कारण दूध बिक्रीबाट पछिल्लाे एक वर्षभित्रै एक करोड ४० लाख अमेरिकी डलर आम्दानी भएको छ । त्यसैगरी,स्थानीय किसान र गोठालाको दीर्घकालीन रोजगारलाई पनि कम्पनीले सुनिश्चित गरेको छ । उनीहरुको औसत मासिक आम्दानी अहिले आठ सय ४० अमेरिकी डलरभन्दा बढी पुगेको छ। यो भनेको आजको विनियमदर अनुसार नेपाली रुपैयाँ सवा लाख हाराहारी हुनआउँछ।

स्रोत : सिसिटिभी प्लस ।

टिप्पणीहरू