चीनकी वरिष्ठ न्यायाधीश राष्ट्रसंघीय ट्राइब्युनलमा
चीनको सर्वोच्च जन अदालतकी वरिष्ठ न्यायाधीश चाङ लिङलिङ संयुक्त राष्ट्रसंघको अपिल न्यायाधिकरण (अपिल ट्राइब्युनल) को न्यायाधीशमा निर्वाचित भएकी छन् । उनलाई सोमबार बसेको संयुक्त राष्ट्रसंघीय महासभाले चयन गरेको हो ।
महासभाले राष्ट्रसंघीय अपिल ट्राइब्युनल र विवाद समाधानका लागि डिस्प्युट ट्राइब्युनलका न्यायाधीशहरू चयन गरेको छ ।
यस पटक एसिया–प्यासिफिक क्षेत्रबाट एकमात्र उम्मेदवार रहेकी चाङ लिङलिङको पक्षमा सबैभन्दा धेरै १२७ मत प्राप्त भएको थियो ।
टिप्पणीहरू