लगानी प्रवर्धनमा चीनसँग निकट सहकार्य गर्न नेपाल तयार
नेपाल सरकार,नेपाली उद्योगपति तथा व्यवसायिक प्रतिनिधिहरूले चिनियाँ उद्यमीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रस्तुत गर्दै उनीहरूले मुलुकमा बढ्दो सम्भावना रहेको उदाहरण प्रस्तुत गरेका छन् ।
राजधानीमा सम्पन्न नेपाल–चीन लगानी गोष्ठीका वक्ताहरूले प्रविधि,नवप्रवर्तन र लगानीका क्षेत्रमा नेपालमा प्रशस्त अवसर रहेको बताए । आजको कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले विश्व परिवेशअनुसार नेपालले आर्थिक सुधारका प्रक्रिया अ…