अन्तरीक्षमा पुग्यो नेपाल

अन्तरीक्षमा पुग्यो नेपाल

छिमेकी मित्रराष्ट्र चीनले लिचियन–१ वाई ११ रकेटमार्फत् नौ वटा भू–उपग्रह प्रक्षेपण गरेको छ जसमा नेपाललगायत संयुक्त अरब इमिरेट्स (युएई) र इजिप्ट सम्मिलित छन् ।

रकेट विकासकर्ता सिएएस स्पेस (कास स्पेस) का अनुसार प्रक्षेपित उपग्रहहरूमध्ये अधिकांश चिनियाँ विज्ञान प्रतिष्ठान (कास) का हुन् । ती शहरी योजना,विपद पूर्वतयारी तथा न्यूनीकरण,जलस्रोत व्यवस्थापन र मौसमसम्बन्धी काममा प्रयोग हुने काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

नेपालको तेस्रो १ यु क्युबस्याट स्लिपर्स एट स्याट अन्तरिक्ष प्रतिष्ठान नेपाल र अमेच्योर रेडियो डिजिटल कम्युनिकेसन फाउण्डेशनको संयुक्त परियोजना हो । उक्त उपग्रहले माध्यमिक तहका विद्यार्थीहरूलाई उपग्रह डिजाइन तथा निर्माणमा सक्षम बनाउन शैक्षिक प्रेरणा दिने उद्देश्य राखेको छ । साथै, विश्वव्यापी अमेच्योर–रेडियो प्रयोगकर्ताका लागि सफ्टवेयर–आधारित डिजिटल रिपिटर प्रणाली परीक्षण र प्रवर्धन पनि यसको प्रमुख लक्ष्य हो ।

टिप्पणीहरू