पूर्व राष्ट्रपतिको सिंहदरबार प्रवेश

पूर्व राष्ट्रपतिको सिंहदरबार प्रवेश

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज मध्यान्ह फेरि सिंहदरबार जानुभएको छ । उहाँसँग दिउँसो १ बजेदेखि करिब ४५ मीनेट संसद सचिवालयस्थित सभामुखको कार्यकक्षमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गर्नुभयो । 

यसअघि आइतबार सिंहदरवारमै प्रधानमन्त्री सुशीला कार्कीसङ्ग भेट भएको थियो । सोही दिन दिउँसो पूर्व राष्ट्रपति भण्डारीले भदौ २४ गते जेन जी विध्वंशमा खरानी बनाइएको सिंहदरबारको पनि अवलोकन गर्नुभयो ।

आजै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्नुभयो । राजदूत थम्पसनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो सवा २ बजेदेखि पौने ३ बजेसम्म आधा घण्टा कुराकानी गरे पनि विस्तृत विवरणबारे खुलाइएको छैन ।

टिप्पणीहरू