सिंहदरबारबाट लखेटियो मिराज ढुंगाना समूह

सिंहदरबारबाट लखेटियो मिराज ढुंगाना समूह

जेनजी अभियन्ता मिराज ढुंगाना सिंहदरबार गेटबाट धपाइएका छन् । सरकार र जेनजीबीच हिजो भएको सम्झौताप्रति आपत्ति जनाउँदै प्रदर्शन गर्न पुगेका उनीसहित युवाहरूको एक समूहलाई प्रहरीले अनामनगर कटाएको हो । 

मिराजको समूहले बिहान एक विज्ञप्ति जारी गर्दै दश बुँदे सम्झौता मान्य नहुने चेतावनी दिएको थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग गर्दै आएको उक्त समूहलाई साताअघि पनि प्रहरीले सिंहदरबारको गेटबाट लखेटेको थियो ।

 

प्रधानमन्त्री सुशीला कार्कीको चर्को विरोध गर्दै आएका मिराजहरू त्यसको भोलिपल्ट बालुवाटार पुगेका थिए । तर, प्रहरीले उनीहरूलाई त्यहाँ पनि प्रदर्शन गर्न दिएन । 

फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचन बहिष्कार गर्ने भन्दै आएको यो समूहलाई सुरक्षा निकायले सुक्ष्म निगरानीमा राखेको बताइएको छ ।

टिप्पणीहरू