रंगीचंगी सुगाले रंगीन चिनियाँ क्याफे, १४ सय डलर मूल्य

रंगीन र निकै आकर्षक देखिने सुगाहरु चीनको उत्तरपूर्वी हेइलोङचियाङ प्रान्तमा एकाएक लोकप्रिय ट्रेन्ड बनेका छन् ।  क्याफे आकर्षणमा विशेष पहिचान बनाउन थालेका यी चरा प्रान्तीय राजधानी हार्पिनका विभिन्न रेष्टुरेन्टमा ग्राहक लोभ्याउने नयाँ ट्रेन्ड  बनेका हुन् । 

क्याफेहरूमा राखिएका यी सुगाले भेटघाटको अनुभव दिने सन्देशका साथ ग्राहकहरूलाई आमन्त्रण गरेको पाइन्छ । पिँजडामा हुर्काइएका कारण ती मानवसँग चिरपरिचित र सरलै घुलमिल हुने गरेका हुन् । 

रेष्टुरेन्ट पुगेका एकजना ग्राहक भन्छन्, ‘यो मेरो काँधमा चढेर खेल्न थालेपछि मलाई खुशी र निकै आनन्द महशुस भएको छ ।’

हार्पिन आसपासका चरा फार्महरूमा यी सुगा हुर्काइन्छन् । यस्ता फार्महरूमा प्रजनन गराइएका लाखौँ सुगाहरु स्वतन्त्र रूपमा बस्छन् । यद्यपि कहिलेकाहीँ धेरैले मन पराएका प्रजातिहरू एकाएक सकिन्छन् ।

सुगा किन्दै गरेका एकजना भन्छन्, ‘अविश्वसनीय बनेका छन् यहाँका सुगा । अहिले सबैभन्दा बढी बिक्री हुने वस्तु बनेका छन्।’

सुगाको उमेर र प्रजातिअनुसार मूल्य पनि फरक–फरक हुने गरेको छ । कम्तीमा १४ अमेरिकी डलरदेखि १४ सयसम्म मूल्य तोकिएको छ ।

सुगा फार्म सञ्चालक, थियन चुन्यु भन्छन्, ‘वार्षिक रूपमा पाँच लाख ६४ हजार अमेरिकी डलरभन्दा बढीको सुगा बेचिन्छ । ग्राहक भनेका देशभरका पेट स्टोर, अनलाइन पसल र बर्ड क्याफेहरू हुन्।’

तथ्याङ्कअनुसार, उक्त प्रान्तमा १९१ सुगासम्बन्धी कम्पनी दर्ता छन् । जसले अनुसन्धानदेखि प्रजनन र पारिस्थितिक संरक्षणसम्मका सम्पूर्ण चरणका काम गर्छन्।

स्रोत : सिसिटिभी प्लस । 
 

टिप्पणीहरू