विदेशी विद्वान, रोज्न थाले चीन
चीनमा द्रुत तवरले उदाउँदै गएको जैविक–चिकित्सा क्षेत्रमा क्याम्ब्रिज विश्वविद्यालयका पूर्व उपकुलपति तथा रासायनिक इन्जिनियरिङ एवम् बायोफार्मास्युटिकल क्षेत्रका प्रख्यात विज्ञ नाइजेल स्लेटरले औपचारिक यात्रा थालेका छक्याम्ब्रिजमा झण्डै तीन दशकसम्म विज्ञान तथा नवप्रवर्तनको नेतृत्व गरेका स्लेटर हाङचौस्थित चच्याङ विश्वविद्यालयसङ्ग आवद्ध भएका छन् । यो कदम उनको व्यक्तिगत वैज्ञानिक महत्वाकांक्षा र विश्व वैज्ञानिक शक्ति–सन्तुलनमा भइरहेको पुनःसंगठन दुवैबाट प्रेरित भएको बताइन्छ ।
क्याम्ब्रिजको ऐतिहासिक प्रयोगशालाबाट हाङ्चौस्थित उच्च–प्राविधिक केन्द्रसम्मको उनको यात्रालाई बायोफार्मास्युटिकल क्षेत्रमा निरन्तर अनुसन्धान तथा भावी वैज्ञानिक तयार गर्ने अभियानको निरन्तरता मानिएको छ ।
टिप्पणीहरू