ट्राफिक हाकिमको हातबाट ‘ग्वार्को फ्लाइओभर’ को उद्घाटन (भिडियो)
मुलुककै पहिलो फ्लाइओभर ‘ग्वार्को फ्लाइओभर’ को उद्घाटन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले रिबन काटेर फ्लाइओभरको उद्घाटन गरेका हुन् ।
समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मालगायतको उपस्थिति थियो । उद्घाटनसँगै सो फ्लाइओभर सञ्चालनमा ल्याइएको छ । ३९ महिनामा बनेको सो फ्लाइओभरको निर्माण आशिष समानान्तर रेलिगेट जेभीले गरेको हो ।
२०७८ फागुन १२ गते दुई वर्षमा निर्माण सक्नेगरी सम्झौता भएकोमा तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा १४ करोड रुपैयाँ थप लागत लागेको छ । १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा ठेक्का सम्झौता भएकोमा ३१ करोड ४६ लाख ५१ हजार ४४० रुपैयाँ निर्माण लागत पुगेको हो ।
टिप्पणीहरू