खेल्नेक्रममा आगलागी, ३० हजारको पराल खरानी
चितवनको भरतपुर–१५ स्थित भुवनचोकमा हिजो दिउँसो आगलागी भएको थियो । परालको टौवामा आगलागी हुँदा करिब रु. ३० हजार बराबरको क्षति भएको जनाइएको छ ।
स्थानीय ललीबहादुर गुरुङको परालको टौवामा आफ्नै पाँच वर्षीया नातिनी खेल्ने क्रममा आगो लागेको हो । जसबाट एउटा परालको टौवा जली पूर्ण रुपमा नष्ट भएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय फुलबारीबाट प्रहरी नायब निरीक्षक कबिन्द्र गुरुङको कमाण्डमा र शिवनगरबाट प्र.ह. अनिलकुमार पटेलको कमाण्डमा टोली गएको थियो । प्रहरी, स्थानीय र दमकलको सहायताले आगो निभाइएको थियो ।
टिप्पणीहरू