जनकपुरले दियो सुदूरपश्चिमलाई १ सय ४६ रनको विजयी लक्ष्य
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो । जनकपुरको लागि सन्जय कृष्णमुर्तीले अर्धसतक बनाए । उनले ३८ बल ४ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाए । यस्तै जान निकोल लोफ्टी इटनले ३९, आदित्य महताले १५, कप्तान वायन पर्नेलले १४, र माज सादाकतले १२ रन बनाए ।
सुदूरपश्चिमको लागि अविनाश बोहोराले ४ ओभरमा ३० रन दिएर चार विकेट लिँदा स्कट कुगेलेइनले तीन र दीपेन्द्र सिंह एरीले एक विकेट लिए ।
टिप्पणीहरू