आज कर्णालीले काठमाडौंलाई चुनौती पेश गर्दै
दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गत आज हुने खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई आफ्नो चुनौती पेश गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो ३:३० बजे शुरू हुनेछ ।
आज हुने खेल दुवै टोलीको लागि निकै महत्त्वपूर्ण रहेको छ । काठमाडौं आजको खेल जित्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ भने कर्णाली प्लेअफको सम्भावना जीवित राख्ने लक्ष्यसाथ मैदान उत्रिनेछ ।
हाल काठमाडौं ५ खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ भने एक खेल कम खेल्दै दुई अंक जोडेको कर्णाली छैटौं स्थानमा रहेको छ ।
गत संस्करणमा काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हराएको थियो ।
टिप्पणीहरू