बासिरको अर्धसतकीय इनिंसमा विराटनगरको रोमाञ्चक जित

बासिरको अर्धसतकीय इनिंसमा विराटनगरको रोमाञ्चक जित

अलराउण्डर बासिर अहमदले शानदार अर्धसतकीय इनिंस खेलेपछि दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किंग्सले रोमाञ्चक जित निकालेको छ । शुक्रबार बेलुकी सम्पन्न खेलमा कर्णाली याक्सलाई तीन विकेटले हराउँदै विराटनगरले प्रतियोगितामा चौथो जित निकालेको हो ।

जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १९.५ ओभरमा ७ विकेटको क्षतिमा  १ सय ६३ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । विराटनगरलाई जित दिलाउन बासिर अहमदले अर्धसतकीय पारी खेले । उनले ४३ बलमा ३ चौका र ३ छक्काको मद्दतमा नटआउट ६२ रन बनाए । यस्तै नारायण जोशीले २५, सहिल पटेलले १९ र साम हेजलेटले १६ रन बनाए ।

कर्णालीको लागि सोमपाल कामी र गुलसन झाले समान दुई/दुई विकेट लिँदा पवान सर्राफ, नन्दन यादव र विलियम बोसिस्टोले समान एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । कर्णालीको लागि प्रियांक पंचलले जारी प्रतियोगितामा दोस्रो अर्धसतक पूरा गरेका हुन् । पंचलले ४७ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाए । यस्तै विलियम बोसिस्टोले नटआउट ४८, गुलसन झाले २० र नाजुबुल्लाह जद्रानले १२ रन बनाए ।

विराटनगरको लागि मर्चान्ट डे लान्गा र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।

जितसँगै विराटनगर ४ खेलबाट ८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको कर्णाली पाँचौ स्थानमा रहेक

आजै भएको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको थियो ।

अब भोली शनिबारपनि दुई खेल हुनेछ । भोलि हुने खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स तथा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।

टिप्पणीहरू