एनसेलले ल्यायो ‘एनपीएल प्ले प्याक’

एनसेलले ल्यायो ‘एनपीएल प्ले प्याक’

दूरसञ्चार सेवा प्रदायक एनसेलले ‘एनपीएल प्ले प्याक’ सञ्चालनमा ल्याएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा कम्पनीले आफ्ना ग्राहकका निम्ति सो प्याक ल्याएको हो । 

योसँगै अब एनसेलका ग्राहकले डिशहोम गो एपमार्फत एनपीएलका खेल आफ्नै मोबाइलमा हेर्न सक्नेछन् । एनसेलका अनुसार ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा करसहित दुई सय ९९ रुपैयाँमा यो प्याक खरिद गर्न सक्छन् । 

२८ दिनका लागि मान्य रहने यो प्याक एक जीबी डेटा बन्डल सेवाका रुपमा पाइने छ । मुलुकभर रहेका एनसेलका खुद्रा बिक्रेता, एनसेल एपलगायतमार्फत यो प्याक खरिद गर्न सकिनेछ । प्याक लिएपछि ग्राहकले आफ्नो मोबाइल नम्बरमा प्राप्त एसएमएफमार्फत डिशहोम गोप एप लगइन गरेर एनपीएलका खेलहरु लाइभ हेर्न सक्नेछन् । 

कम्पनीका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्त डिशहोमसँगको यो साझेदारीले ग्राहकलाई निर्वाध रुपमा एनपीएलका खेल लाइभ हेर्न पाउने सुविधा दिएको बताउँछन् । यसले क्रिकेटको रोमाञ्चकतालाई अझ बढाउने उनको भनाइ छ । 

एनसेलले एनपीएलसँग पहिलो संस्करणमाजस्तै दोस्रो संस्करणमा पनि ‘पावर्ड वाइ’ का रुपमा सहकार्य जारी राखेको छ । यो पटक ‘युनाइटेड वाइ क्रिकेट, कनेक्टेड वाइ एनसेल’ भन्ने नाराका साथ एनसेल एनपीएलमा सक्रिय छ । 

एनपीएललाई रोमाञ्चक बनाउन कम्पनीले फ्यान प्याक पनि सार्वजनिक गरिसकेको छ भने एनपीएलका खेलमा हुने प्रत्येक चौकाबापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चार वटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणाले यो पटक पनि निरन्तरता पाएको छ ।

टिप्पणीहरू