छोरी जन्माएर बन्ध्याकरण गर्नेलाई ५ हजार दिइने

छोरी जन्माएर बन्ध्याकरण गर्नेलाई ५ हजार दिइने

मोरङको कानेपोखरी गाउँपालिकाले छोरीहरू मात्रै जन्माएर बन्ध्याकरण गरेमा सम्मानका साथ पुरस्कार वितरण गर्ने भएको छ ।

छोरी जन्मेपछि बन्ध्याकरण गर्ने दम्पतीका लागि गाउँपालिकाले नयाँ कार्यक्रम ल्याएको हो । तर, पाँच हजार नगद पुरस्कार पाउनको लागि विवाहित दम्पत्तीहरुले विभिन्न शर्त पूरा गर्नुपर्ने बताइएको छ ।

गाउँपालिका कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विवाह दर्ताको प्रमाणपत्र, छोरीहरुको दर्ता प्रमाणपत्र, डाक्टरले प्रमाणित गरेको बन्ध्याकरण गरेको रिपोर्ट र दाइजो नलिएको मुचुल्काका आधारमा वडा कार्यालयको सिफारिसमा सम्मानवापत नगद रकम दिइनेछ ।

छोरा पाउने आशमा धेरै सन्तान जन्माउने गरिएकाले गाउँपालिकाले उक्त कार्यक्रम ल्याएको हो । यता, प्रदेश नम्बर २ ले ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ सञ्चालन गर्दै गर्दा कानेपोखरी गाँउपालिकाले पछिल्लो योजना सार्वजनिक गरेको हो ।

टिप्पणीहरू