१ नम्बर प्रदेशमा खोप छ, सिरिञ्ज छैन

१ नम्बर प्रदेशमा खोप छ, सिरिञ्ज छैन

कोरोनाविरुद्धको खोप प्रशस्त भए पनि सिरिञ्ज नहुँदा प्रदेश १ मा खोप अभियान प्रभावित भएको छ छ । खोपका लागि आवश्यक सिरिञ्ज (सुई) नहुँदा प्रदेश १ मा तीन लाख खोप त्यसै थन्किएको हो ।

गत मंसिर २८ गते केन्द्रबाट प्रदेश–१ का लागि तीन लाख ७७ हजार आठ सय ५० डोज भेरोसिल खोप प्राप्त भएको थियो । तर, सुई नहुँदा खोप अभियान सञ्चालन गर्न कठिनाइ भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ ।

सुई अभावका कारण ठूलो संख्यामा आएको भेरोसिल खोप समयमै लगाउनबाट प्रदेशका नागरिक वञ्चित भएका छन् । हाल आपूर्ति केन्द्रमा ६० हजार मात्र सिरिन्ज रहेको छ । ३ लाख १७ हजार ८ सय ५० खोपका लागि सोही संख्यामा सिरिञ्ज आवश्यक पर्छ ।

टिप्पणीहरू