आजै मध्यराती नेपालको ठूलो जहाज म्यानमारतिर
म्यानमारका भूकम्प पीडितहरुको निम्ति आपतकालीन राहत सामग्री बोकेर नेपाल वायुसेवाको वाइडबडी विमान राति ११ बजे त्यसतर्फ जाँदैछ । करिब २७ टन औषधि,लत्ताकपडा,खाद्यान्न,टेन्ट लिएर करिब एक दर्जन सरकारी अधिकारी र आधा दर्जन सञ्चारकर्मी पनि सोही विमानमा म्यानमार जान लागेका छन् ।
गृह मन्त्रालयका अनुसार उसका दुई जना,सञ्चारकर्मी छ जना र परराष्ट्र मन्त्रालयका छ जना अधिकारीको उपस्थितिमा भोलि बिहान राजधानी नेपितस्थित विमानस्थलमा ती सामाग्री हस्तान्तरण गरिने छ । म्यानमारका लागि नेपाली राजदूत…