घरको काठमा वडाध्यक्षले लगाए नाइलनको डोरीको पासो
बागलुङमा एक जनप्रतिनिधि मृत भेटिएका छन् । ताराखोला गाउँपालिका-३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी आज झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
५० वर्षीय उनले बिहान साढे ११ बजेतिर घरबाहिर एउटा काठमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिए । कतै जाने तयारीका साथ कपडा लगाएर निस्किएको देखिने भण्डारीले घरबाहिर घाँटीमा नाइलन डोरीको पासो लगाएको विषय अनुसन्धन भैरहेको उनले बताए ।
आत्महत्या गर्नुको कारण भने खुलेको छैन । केही बेरअघि मात्र इन्स्पेक्टर देवराज शाक्य नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ ।
टिप्पणीहरू