आगो बाल्दै पूर्व राजाविरुध्द भर्खरै नाराबाजी

आगो बाल्दै पूर्व राजाविरुध्द भर्खरै नाराबाजी फाइल फाेटाे

केही समययता 'राजा आऊ,देश बचाऊ' को नारा घन्किने गरेको काठमाडौँमा आज भने 'ज्ञानेन्द्र चोर देश छोड' को नारा लागेको छ । 

विप्लव सि नेतृत्वको पार्टी नेकपाका कार्यकर्ताले साँझ कामनपा-१७ स्थित ठँहिटीमा मसाल जुलुस निकाल्दै त्यस्तो नारा लगाएका हुन् । नेकपा काठमाडौँ महानगर समितिको आयोजनामा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि दीपक मानन्धर,केन्द्रीय सदस्य तथा महानगर इञ्चार्ज प्रताप सिलगायत डेढ दर्जनको सहभागिता रहेको छ । 

प्रतिगामी षड्यन्त्रविरुध्द मसाल लिएर सडकमा उत्रिएका विप्लवका कार्यकर्ताले 'गणतन्त्र जिन्दावाद', 'नेपाली विशेषताको समाजवाद जिन्दावाद !', 'दलाल पुँजीवाद- मूर्दावाद !' जस्ता नारा पनि लगाएका छन् । 

मसाल जुलुस अहिले ललितपुरको लगनखेलतिर पनि निस्कन लागेको बुझिएको छ ।

टिप्पणीहरू