दुर्गा प्रसाईलाई १ बजेभित्र काठमाडौं ल्याइँदै
चैत १५ गते उपद्रव मच्चाएर भागेपछि हिजो भारतको आसामबाट समातिएका दुर्गा प्रसाईंलाई आज १२:१० बजे बुद्ध एअरको उडान नम्बर BHA 954 बाट काठमाडौं ल्याउन लागिएको छ । उनी हाल जिल्ला प्रहरी कार्यालय भद्रपुरको हिरासतमा छन्।
काठमाडौं विमानस्थलबाट प्रहरी परिसर काठमाडौंले जिम्मा लिएपछि राज्यविरुद्धको अपराधअन्तर्गत जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाइनेछ । १५ गते उनैको नेतृत्वमा भएको राजावादी प्रदर्शनमा भएको ४६ करोडको क्षति र दुई जनाको ज्यान जाने घटनाको नि…