बैंककबाट गाँजासहित ओर्लिए भारतीय नागरिक

बैंककबाट गाँजासहित ओर्लिए भारतीय नागरिक

पछिल्लो समय थाइल्याण्डको राजधानी बैंककबाट काठमाडौं आउने भारतीयहरुले गाँजा ल्याउने क्रम बढेको छ । हिजो राति पनि थाइ एअरवेजको उडानमा आएका एक जना भारतीयको लगेजमा १० केजी गाँजा भेटिएको छ । 

थाई एयरवेजको उडान नम्बर टिजी ३०९ मा राति पौने ११ बजे आएका इरफान अहमद बसिरको लगेजमा उक्त परिमाणको गाँजा फेला परेको हो । एस २२०४९३८३ नम्बरको राहदानी बोकेका बसिरको लगेजमा उक्त गाँजा चकलेट र चाउचाउको प्याकेटमा हालेर ल्याइएको थियो । उनलाई राति नै थप अनुसन्धानका लागि प्रहरीको लागूऔषध अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको छ ।

यसअघि चैत १४ र १६ गते बैंककबाट आएका भारतीयहरुले पनि गाँजा ल्याएका थिए । १४ गते दुई जनाले २० केजी र दुई दिनपछि आएका दुई जनाले पनि छ केजी गाँजा ल्याएका थिए । ती सबै थाइ एअरवेजकै उडानमा आएका हुन् ।

टिप्पणीहरू