शंकारापुरबाट स्कोर्पियो लिएर बिर्तामोड

शंकारापुरबाट स्कोर्पियो लिएर बिर्तामोड

– मोतीराम तिमल्सिना

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा तथा आसपास बजार क्षेत्र लागुऔषध प्रयोगकर्ता र कारोवारीको ‘ट्रान्जिट’ तथा मुख्य क्षेत्र बन्ने क्रमभंग गर्न प्रहरीको सर्च अभियान तीव्र पारिएको छ । लागुऔषध कारोबारमा संलग्नमध्ये तीन जना पक्राउ परेका छन् भने तीन फरार छन् ।

पक्राउ पर्नेमा काठमाडौँ जिल्ला शंकरापुर नगरपालिका–१० घर भएका ३२ वर्षीय किशोर थापा, सोही नगरपालिका वडा नम्बर ९ का २४ वर्षीय अविशेख राजवाहक, सोही ठेगानाका ३० वर्षीय विराट थापा छन् । पक्राउ परेकाहरूलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ भने सोही अभियोगमा संलग्न भई फरार भएका झापा जिल्ला लखनपुर ४ घर भई हाल बिर्तामोड नगरपालिका–३ स्थित न्यु देव चस्मा घरका सञ्चालक ४१ वर्षीय देवीप्रसाद सिवाकोटी, सोही ठेगाना भएका ३२ वर्षीय पवनकुमार चौधरी र झापा अनारमनी गाविस २ घर भई हाल अनारमनी नगरपालिका ४ घर भएका ६१ वर्षीय फुरिदा मुस्लिमलाई पक्राउ गर्न आदेश जारी भएको छ ।

२०८१ मंसिर १६ गते बिहान १० बजे धुलिखेल नगरपालिका–९ स्थित बिपी राजमार्गको काभ्रे भञ्ज्याङमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले भकुण्डेबेशीबाट धुलिखेलतर्फ आउँदै गरेका बा १५ च २३५६ नम्बरको स्कोर्पियो गाडी चालक अविशेख राजवाहक, सोही गाडीमा रहेका किशोर थापा र विराट थापासहितले गाडीको ड्यासबोर्डमा रहेको साउण्ड सिष्टमभित्र ४७ ग्राम ब्राउन सुगर ल्याएको फेला पारेको थियो ।

टिप्पणीहरू