टाउकोमा गाँजा, कम्मरमा कटुवा पेस्तोल
रौतहटमा गाँजा र अवैध हतियारसहित एकजना पक्राउ परेका छन् । ईशनाथ नगरपालिका–१ बन्जरहाबाट २१ वर्षीय सावन गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
अस्ति राति लालबकैयाको केराघारीबाट टाउकोमा गाँजाको बोरा राखेर भारततर्फ गइरहेका गिरीलाई प्रहरीले पक्रेको हो । उनको साथबाट कटुवा पेस्तोल, गोली पनि फेला परेको छ । १०९ किलो गाँजासहित गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इन्स्पेक्टर उमाशंकर गुप्ताको कमान्डमा गएको टोलीले पक्रेको बताइन्छ । गिरीमाथि लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी मुद्दा दायर गरेपछि जिल्ला अदालत गौरले आवश्यक अनुसन्धानका लागि म्याद थप गरेको छ ।
टिप्पणीहरू