बेलायती जर्नेलको पोखरामा बास

बेलायती जर्नेलको पोखरामा बास

बेलायती सेनाका मेजर जनरल नेतृत्वको दुई सदस्यीय टोली काठमाडौं आइपुगेको छ । कतार एअवेजको उडान नम्बर क्युआर ६४८ मा दोहा हुँदै आएको सैन्य टोली भोलि बिहान पोखरा जाने कार्यक्रम छ ।

बेलायती सेनाको अलाइड र्यापिड रियाक्सन कर्पसका चिफ अफ स्टाफ मेजर जनरल माइक कियाटिङसँगै मेजर सुरेन्द्र लिम्बू लिङदेन पनि छन् । बेलायती दूतावासको निम्तोमा आएका उनीहरु भोलि पोखरा गएर अर्को बुधबार काठमाडौं आउने छन् । 

काठमाडौंमा अरु १० दिन बिताएर अप्रिल २५ तारिख दोहा हुँदै स्वदेश फर्कने कार्यक्रम छ । मेजर जनरललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासका लेफ्टिनेन्ट कर्नेल रब ब्राउन र मेजर ज्ञानबहादुर ढाँगा पुगेका थिए ।

टिप्पणीहरू