भैरहवामा आन्दोलन घोषणा, आन्तरिक उडान नै ठप्पको चेतावनी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान संचालन गर्न दवाव दिने उद्देश्यले नीजि क्षेत्रले दबाबमूलक आन्दोलन थाल्ने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघले दवावमुलक आन्दोलन गर्ने घोषणा गरेको छ । आन्दोलनको नेतृत्व सिद्धार्थ उद्योग वाणिज्य संघ, नागरिक सञ्जाल रुपन्देही र रुपन्देही उद्योग व्यापार संगठनले गर्दैछन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पहिलो चरणमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने, रुपन्देहीमा क्रियाशील राजनीतिक दलहरुसँग छलफल गरी विमानस्थल सञ्चालनका लागि प्रतिबद्धता लिने, संघ, प्रदेश र स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिहरुसँग छलफल गरी प्रतिबद्धता लिने, हवाई सेवा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गर्ने, विमानस्थल अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा तीन वटै संस्थाका अध्यक्षहरुले गरेका छन् ।
प्रधानमन्त्री, पर्यटनमन्त्री, श्रममन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्रीलगायतलाई विमानस्थल सञ्चालन गर्न ध्यानाकर्षण गराउने, कालोपट्टी बाँधेर प्रदर्शन गर्ने कार्यक्रम पनि पहिलो चरणमा गरिँदै छ ।
द्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्य, नागरिक सञ्जालका अध्यक्ष अनिल ज्ञवाली, उद्योग व्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठले जारी गरेका आन्दोलनका कार्यक्रम अन्तर्गत दोस्रो चरणमा गौतमबुद्ध विमानस्थल अगाडि नियमित धर्ना दिने, विरोध प्रदर्शन गर्ने र सम्बन्धित मन् त्रालयका मन्त्री तथा कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाउने, कालो झण्डा देखाउनेसम्म गरिँदै छ ।
त्यसपछि आन्तरिक उडानको प्रस्थान तथा आवागमन बन्द गर्ने, टिकट बहिष्कार गर्नेलगायतका आन्दोलनका कार्यक्रम पनि दोश्रो चरणमा गर्ने चेतावनी छ । तेस्रो चरणमा थप सशक्त कार्यक्रम गर्ने जनाइएको छ ।
व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल सञ्चालनमा सरकारले नै अनिच्छा देखाएको दावी गरेका छन् । उनीहरुले श्रम स्वीकृति, स्वास्थ्य परीक्षण र भीसा सेन्टर भैरहवामा हुनुपर्ने, म्यानपावर कम्पनीलाई सजिलै कार्यालय राख्न दिइनुपर्ने, अन्तरप्रदेश उडान गर्नुपर्ने, भारत तथा तेस्रो देशमा नियमित हवाई सेवा नियमित गर्न सरकारले सबै सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग छ ।
टिप्पणीहरू