गभर्नरमा लुछाचुँडी नगरेको मन्त्रीको बयान

गभर्नरमा लुछाचुँडी नगरेको मन्त्रीको बयान

सरकारको नेतृत्वकर्ता एमाले र सत्ता साझेदार नेपाली कांग्रेसबीच भागबण्डा नमिलेका कारण गभर्नर नियुक्तिमा ढिलाई नभएको सरकारले दावी गरेको छ । 

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले दुई पार्टीको तर्फबाट आ-आफ्नै दावेदारी प्रस्तुत हुँदा नेपाल राष्ट्र बैंकले समयमै गभर्नर पाउन नसकेको भन्ने कुरा आरोप मात्र भएको बताएका हुन् । उनले भागबण्डामा समस्या नरहेको प्रष्टीकरण पनि दिए ।

राष्ट्र बैंकले चाँडै नयाँ गभर्नर पाउने मन्त्रीको दावी छ । पछिल्लो क्याविनेट बैठकका सुनाउने क्रममा मन्त्री भने, 'गभर्नरको नियुक्तिमा दुई वटा पार्टीको बीचमा भागबण्डा नमिलेर ढिलो भएको भन्नेकुरा सत्य होइन ।' 

गभर्नर नियुक्तिका लागि समयमै सिफारिस गर्ने कमिटी गठन भएको उल्लेख गर्दै उनले त्यसले काम गरिरहेको बताए । नयाँ गभर्नर नआउन्जेल डेपुटी गभर्नर निलम ढुंगानालाई सरकारले कार्यवाहक गभर्नर तोकिसकेकाले काम नरोकिने पनि मन्त्रीको जिकिर छ ।

टिप्पणीहरू