अपराध

स्कुटर चोर समातिए

मोरङमा प्रहरीले स्कुटर चोरलाई पक्रेको छ । विराटनगर महानगरपालिकामा स्कुटर चोरेर पार्टपूर्जा खोल्दै गरेकोे अवस्थामा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।  विराटनगर ८, मधुमाराबाट प्रदेश नं.–०१–०२–००५१ प १०२७ नम्बरको स्कुटर चोरेर पार्टपूर्जा खोल्दै गरेको अवस्थामा स्थानीय २० वर्षीय सतिस मुखिया पक्राउ परेका हुन् ।उनीमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

Page 106 of 180