सन्दिप लामिछानेलाई भेट्न तारा बरालको टोली जेलभित्र

सन्दिप लामिछानेलाई भेट्न तारा बरालको टोली जेलभित्र

किशोरी बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका क्रिकेटर सन्दिप लामिछानेलाई भेट्न सामाजिक अभियन्ता भनिने तारा बराल केन्द्रीय कारागार पुगेकी छन् । 

आज दिउँदो साढे १ बजेतिर अर्का एक जनालाई साथमा लिएर बराल सुन्धारास्थित केन्द्रीय कारागार पुगेकी हुन् । लामिछानेलाई सहानुभूतिस्वरूप भेटघाट गर्न बराल कारागारभित्र गएको प्रहरीले जनाएको छ । 

बलात्कार आरोपमा काठमाडौँ जिल्ला अदालतको आदेशले थुनामा रहेका लामिछानेले त्यसविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन् ।

टिप्पणीहरू