राजधानीमै हजार दरका नक्कली नोट फालाफाल

राजधानीमै हजार दरका नक्कली नोट फालाफाल

नक्कली नोट कारोबार गरेको आरोपमा प्रहरीले एक जनलाई पक्रेको छ । काठमाडौंको तारकेश्वर सानोपुल क्षेत्रमा नक्कली नोट बनाएर बजारमा प्रचलनमा पठाएको आरोपमा बाराका पप्पु भनिने शेख निसम अख्तर समातिएका छन् ।

प्रहरीले हिजो दिउँसो पक्राउ गरेका अख्तरलाई सो क्षेत्रमा नक्कली नोट बोकेर हिँडेको अवस्थामा समातिएको जनाइएको छ । बाराको आदर्श कोटवाल गाउँपालिका ५ का अख्तर तारकेश्वर नगरपालिकाको रातोपुल एरियामा बस्दै आएका थिए । उनको साथबाट चार थान नक्कली नोट फेला परेको छ । 

अख्तरलाई जाली नोटसहित नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ को मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धानको निम्ति प्रहरी वृत्त बालाजुमा राखिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू