भारतबाट आएका द्वारिका लागूऔषधसहित सीमामा समातिए

भारतबाट आएका द्वारिका लागूऔषधसहित सीमामा समातिए

बर्दियामा अवैंध लागूऔषधसहित एक व्यक्ति समातिएका छन् । कोहलपुर नगरपालिका–२ बर्दवाका ३९ वर्षीय द्वारिका प्रसाद थारुलाई प्रहरीले आज पक्रेको हो । बढैयाताल गाउँपालिका–७, पुरानो कण्ठपुरबाट उनलाई ४ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प.४८१० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा उनलाई लागूऔषधसहित फेला पारेको हो ।

टिप्पणीहरू