घुससहित पक्राउ परेका डिएसपी ठगबहादुर निलम्बित

घुससहित पक्राउ परेका डिएसपी ठगबहादुर निलम्बित

घुससहित समातिएका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् । सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा उनलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले आज निलम्बन गरेको हो । 

बुटवलका एक सुन व्यवसायीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ठगबहादुरलाई पक्राउ गरेको थियो ।

उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएको थियो ।

टिप्पणीहरू