नेपाल छिरेर मोटरसाइकल चोर्नेहरु सीमामा समातिए

नेपाल छिरेर मोटरसाइकल चोर्नेहरु सीमामा समातिए

पर्सामा मोटरसाइकल चोरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । 

वीरगञ्ज महानगरपालिका-२६ का २० वर्षीय रामप्रवेश पटेल र २६ वर्षीय अशोक पटेलसँगै भारतको बिहार राज्य पूर्वी चम्पारण रतनपुरका १९ वर्षीय शिवम पाण्डे र २० वर्षीय आकाश तिवारी समातिएका हुन् । 

धोबिनी गाउँपालिका-४ लंगडी बस्ने रामबाबुकुमार गुप्ताको प्र.२–०३–००७ प १७६६ नम्बरको मोटरसाइकल चोरी गरी लैजाने क्रममा प्रहरीले रामप्रवेश पटेललाई समातेको थियो । पटेललाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गर्नेक्रममा थप तीन जना पक्राउ परेका हुन् ।

पक्राउ परेकाबाट प्रहरीले ना ५२ प ५०२४, ना २७ प ७८४७, ना ११ प ११२१, ना ५३ प ७१०६, ना ३७ प ९८१८, ना ४६ प ८६२७ र म.प्र. ०३–००८ प ७१८६ नम्बरको मोटरसाइकल बरामद गरेको जनाईएको छ । चारै जनालाई चोरीसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू