एमाले नेतृको उजुरीपछि ‘भाइरलम्यान’ समातिए
कलाकार तथा एमाले नेतृ करिष्मा मानन्धरको उजुरीपछि युट्युबका ‘भाइरलम्यान’ डिल्लीराम खनाल पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिएको आरोप लागेका खनाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले आज समातेको हो । उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले बताए । उनकाअनुसार अदालतबाट म्याद थप भएपछि यसविषयमा अनुसन्धान अघि बढाइनेछ ।
करिष्माले गत माघ २४ गते खनालविरुद्ध ब्यूरोमा उजु…