यस्तै अवस्था रहिरहे देश नरहन सक्छ : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको पछिल्लो अवस्थाबारे चर्चा गर्दै देश नै नरहनसक्ने चेतावनी दिएका छन् । झापाको बिर्तामोडमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र मन्त्री वाह्य शक्तिको सिफारिसमा बन्न थालेको, नयाँ दलहरु पनि विदेशीकै इशारामा बन्ने तरखरमा रहेको दाबी गरे ।
उनका अनुसार आगामी चुनावमा कुन पार्टीले जित्ने, कसले हार्ने भन्ने योजनासमेत अन्तैबाट बनेर आउन थालेको छ । तर आफ्नो दल राप्रपा भने देश जित्ने र जिताउने एजेन्डा लिएर चुनावमा जाने बताए ।
उनले नयाँ दलहरुप्रति लक्षित गर्दै भने, ‘चुनाव नै भएको छैन, तर को प्रधानमन्त्री हुने भनेर बाँडफाँड गरिँदै छ । अहिलेको झैँ अस्तव्यस्त अवस्था रहे मुलुक चर्को द्वन्द्वमा फस्ने उनको चेतावनी छ ।
टिप्पणीहरू