गुण्डुमा बोलाएर बयान दिन तयार ओली

गुण्डुमा बोलाएर बयान दिन तयार ओली

नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भदौ २३ गतेको प्रदर्शन र भोलिपल्टको जेन जी विध्वंशवारे छानबिन गर्न गठित आयोगलाई बयान दिन तयार भएका छन् । विशेष अदालतका भूतपूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको तीन सदस्यीय आयोगलाई ओलीले आफ्नै निवासमा बोलाएर बयान दिने तयारी गरेको बताइन्छ । 

तत्कालीन गृहमन्त्री रमेश लेखकले पर्सि सोमबार आयोगमा पुगेर बयान दिने भैसकेका छन् । ओलीले चाहिँ कार्की नेतृत्वको आयोगलाई आफ्नै निवासमा पठाइदिन आग्रह गरेपछि सरकार लचिलो भएको बुझिएको छ । ओलीले सरकारी च्यानललाई पठाएको सन्देश उल्लेख गर्दै स्रोत भन्छ, ‘गौरीबहादुर  कार्की पनि यही गुण्डुकै वासिन्दा हुन् । तिनलाई मेरोमा चिया पिउन पठाइदिनु,म कुरा गरौंला ।’

शीतल निवासमा भएको पछिल्लो वार्ता, आज सिंहदरबारमा हुन लागेको तीन दलका शीर्ष नेताहरुसँग प्रधानमन्त्री सुशीला कार्कीको संयुक्त भेटवार्ता, हिजो सञ्चारमन्त्रीले तीन जना नेताको निवासमा पुगेर गरेको भेट सबैको अन्तर्य आगामी चुनाव र गुण्डुमा बयानका लागि तयारीका रुपमा लिन सकिन्छ । 

महेश बस्नेत,भानुभक्त ढकाललगायत नेताहरुमाझ अध्यक्षको भनाई थियो, ‘अहिले यो बोल्ने विषय होइन,मनमा राख्नुस्,बाहिर बोल्दै हिँड्ने विषय होइन । कतै व्यक्त नगर्नुस् ।’

यता एमालेले पुस अन्तिम साता बस्ने केन्द्रीय समिति बैठकको आन्तरिक तयारी थालेको छ । उक्त बैठकमा नेताहरुबीच कार्य विभाजन गरिँदै छ । यसबीच गुण्डुमा भएको ११ औं महाधिवेशनको अनौपचारिक समीक्षामा ओली पक्षीय उपमहासचिव र उपाध्यक्ष पराजित हुनुमा प्रदीप ज्ञवालीमाथि दोष लगाइएको छ । १९ जना पदाधिकारीमध्ये ओलीपक्षीय उपाध्यक्ष उम्मेदवार गुरु बराल र उपमहासचिवमा विष्णु रिमाल मात्र पराजित भएका थिए । तिनको ठाउँमा अध्यक्षका प्रतिस्पर्धी ईश्वर पोखरेल समूहबाट गोकर्ण विष्ट र योगेश भट्टराई क्रमशः उपाध्यक्ष र उपमहासचिमा विजयी भएका छन्।

महासचिव शंकर पोखरेलले ती दुई उम्मेदवार हार्नुमा ज्ञवालीको ‘हात र घात’ रहेको बताएपछि अध्यक्ष ओलीले तत्काल यतिसम्म आरोप लगाइनहाल्न सल्लाह दिएको बताइन्छ । पोखरेलले प्रदीपबारे अलि सिरियस हुन अध्यक्षलाई आग्रह गरेपछि ओलीले त्यसबारे अहिले नै बाहिर नबोल्न सल्लाह दिएका छन् । महेश बस्नेत,भानुभक्त ढकाललगायत नेताहरुमाझ अध्यक्षको भनाई थियो, ‘अहिले यो बोल्ने विषय होइन,मनमा राख्नुस्,बाहिर बोल्दै हिँड्ने विषय होइन । कतै व्यक्त नगर्नुस् ।’

टिप्पणीहरू