जनआस्थाको समाचार प्रभाव ,बालेनको प्रस्ताव हट्यो
सुशासनका लागि बाहिर निकै नै आशा र भरोशा गरिएका काठमाण्डौका मेयर बालेन साहले अन्ततोगत्वा अघिल्लो दिनको कार्यसूचि फेर्न लगाएका छन् ।
७२ करोडको भ्रष्टाचार मुद्धाका कारण अवरुद्ध काठमाडौं महानगरपालिकाको टेकुस्थित भवन निर्माण कम्पनी समानान्तरलाई म्याद थपेर भुक्तानी समेत दिने गरी नगरसभाबाट पास गराउन खोजिएको प्रस्ताव अस्ति बेलुका जनआस्थामा समाचार प्रकाशित भएपछि अघिल्लो दिन नगरसभा सदस्यहरुलाई वितरण गरिएको ५ नम्बर बुँदामा रहेको कार्यसूचि नै हटाएर सो विषयलाई नगरसभामा प्रवेश नै हुन दिइएन ।
यद्यपी अघिल्लो दिन आफूहरुलाई उपलब्ध गराईएको कार्यसूचिबमोजिम ५ नम्बरमा रहेको महानगरपालिकाको भवन निर्माणसँग सम्वन्धित प्रस्ताव किन हटाएको भन्ने प्रश्न नगरसभा सदस्यहरुले गरेका थिए । बालेनको टोलीले उच्च अदालत पाटनको आदेशलाई समेत अवमूल्यन गर्दै विवादिन समानान्तर कस्ट्रक्सनलाई पुन: भवन निर्माण सुचारु गर्ने गरी म्याद थप र रकम भुक्तानी दिन खोजेको थियो ।
"अघिल्लो दिन आफूहरुलाई उपलब्ध गराईएको कार्यसूचिबमोजिम ५ नम्बरमा रहेको महानगरपालिकाको भवन निर्माणसँग सम्वन्धित प्रस्ताव किन हटाएको भन्ने प्रश्न नगरसभा सदस्यहरुले गरेका थिए ।"
अब नगरसभामा सो विषयले स्थान नपाएपछि अहिलेलाई समानान्तरको कार्य भने रोकिएको छ । करीव २० करोड रुपैयाँ बढी रकम बोलकवोल गरेको कम्पनीलाई महानगरले भवन निर्माणका लागि सम्झौता गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल कब्जा गरी भ्रष्टाचार भएको पुष्टि गर्दै महानगरका पाँच जना कर्मचारीलाई मुद्दा दायर गरेको थियो।
सोहीबमोजिम उच्च अदालतले आयोगले दर्ता गरेको मुद्धालाई जिताएको थियो । त्यसबेला भ्रष्टाचारमा विभागीय प्रमुख सहित पाँच कर्मचारीलाई मुद्धा दर्ता गरिएको भए पनि सम्झौता सदर गर्ने र सो काण्डमा संलग्न तात्कालिन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई भने छोइएको थिएन ।
यो पनि..बालेनको अड्डामा पहिले भ्रष्टाचार,जङ्गी अड्डाबाट भोलि उपहार
टिप्पणीहरू