घुसकाण्डमा मुछिएका डिएसपी निलम्बन गर्न सिफारिस

घुसकाण्डमा मुछिएका डिएसपी निलम्बन गर्न सिफारिस

घुसकाण्डमा मुछिएका इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको छ । 

प्रहरी प्रधान कार्यालयले डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस गरेको हो ।  प्रहरी नियन्त्रणमा रहेका उनलाई निलम्बन गर्न सिफारिस गर्दै आज गृहलाई पत्र पठाइएको सूचना अधिकारी डिआईजी टेकप्रसाद राईले बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले डिएसपी केसीलाई उनको निवासबाट सुनसहित नियन्त्रणमा लिएको थियो । उनले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानका लागि खटिएको सिआईबीको टोलीले अस्ति पक्रेको हो ।

 

उनको केही दिनअघि मात्र बुटवलबाट जिल्ला प्रहरी कार्यालय, कास्कीमा सरुवा भएको थियो । हिजो उनी रमाना लिएर कास्की जाने तयारीमा थिए । तर, त्यसअघि नै अनुसन्धान ब्यूरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू