अपराध

प्रहरी ड्रेसमै मृत भेटिए हवल्दार

संखुवासभामा एक प्रहरी हवल्दार मृत फेला परेका छन् ।  जिल्ला कारागारमा कार्यरत प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका हुन् ।  उनी गएराति १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटीमा थिए । ड्युटीपछि सुत्न निवास गएका ४१ वर्षीय तामाङ आज बिहान प्रहरी ड्रेसमै बेहोश अवस्थामा फेला परेको बताइएको छ ।  इलामका तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

Page 109 of 262