झापा बस्ने इलामका धनबहादुरले श्रीमती छप्काए

झापा बस्ने इलामका धनबहादुरले श्रीमती छप्काए

श्रीमती हत्याको आरोपमा इलामका वक व्यक्ति झापामा समातिएका छन् । दमक नगरपालिका–२ बगर मखमली टोल बस्ने इलामका ६० वर्षीय धनबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । 

विश्वकर्माले आफ्नै ६० वर्षीया पत्नी ईन्द्रकुमारीको हत्या गरेको प्रहरीको आरोप छ । सामान्य विवादको क्रममा उनले खुकुरीले हानेर श्रीमतीको प्राण लिएको अभियोगमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो उनलाई नियन्त्रणमा लिएको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू