अध्यक्ष ओली आफैं जुरुक्क उठ्नुको के होला अन्तर्य ?

अध्यक्ष ओली आफैं जुरुक्क उठ्नुको के होला अन्तर्य ?
सुन्नुहोस्

झण्डै दुई महिना लगातार संसद अवरुद्ध गरेर नेपालको संसदीय इतिहासमै रेकर्ड बनाएको पार्टी हो,नेकपा एमाले । २०५१ सालमा पहिलो पटक सरकारमा गएको एमाले त्यसयता सत्ता र प्रतिपक्षमा बराबरजस्तो रहँदै आएको छ । प्रतिपक्षमा पुग्नेबित्तिक्कै उग्र विरोधमा उत्रिने एमालेले पछिल्लो पटक सुन तस्करी प्रकरणको छानविन माग गर्दै हप्तौँसम्म सदन अवरुद्ध पारेको थियो । 

प्रतिनिधिसभाको अघिल्लो कार्यकालको अन्त्यतिर तत्कालिन सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध लामो समय सदन अवरुद्ध गर्दा संसदीय काम कारवाही प्रभावित भएको थियो । त्यसबेला एमाले सांसदहरुले रोष्टम घेराऊ गर्दै सभामुखविरुद्ध चर्का नाराबाजी गरेका थिए । गङ्गा चौधरी सत्गौवाले त सभामुखलाई आक्रमण गर्न सांसदहरुको काँधमा चढेर बितण्डा नै मच्चाएकी थिइन् । अहिले उनी एमाले छोडेर राजावादी आन्दोलनमा सक्रिय छिन् । 

प्रतिपक्षमा हुँदा खरो विरोधमा उत्रिने आक्रामक पार्टीको छवि बनाएको एमाले अहिले सत्ता पक्षमा छ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए पनि सत्ताको साँचो लिएर बसेका छन्,अध्यक्ष केपी शर्मा ओली । वर्तमान सत्ता समीकरण जोगाउने प्रमुख भूमिकामा रहेका एमाले नेताहरु आफ्नै विगत चटक्कै बिर्सेर प्रतिपक्षीबाट भैरहेको संसद अवरोधको चर्को विरोध गरिरहेका छन् । कांग्रेसले हिजो प्रतिनिधिसभाको बैठक अवरोध गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका सांसदहरु 'प्रतिकार'मै उत्रिए ।

एमाले अध्यक्ष ओली यसअघि प्रतिपक्षमा हुँदा कैयौँ पटक पार्टीले संसद अवरुद्ध गर्दासमेत आसनबाट उठेर नाराबाजी गरेको देखिएको थिएन । एमालेका युवा सांसदहरुले नै विरोधको मोर्चा सम्हाल्ने गर्थे । तर, यसपटक ओली किन यसरी आक्रोशित भएका होलान् ? गृहमन्त्री रवि लामिछानेको बचाऊका लागि मात्रै यो हदमा पुगेको होला त ?  

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठनको माग गर्दै काँग्रेसले लामो समयदेखि सदन अवरुद्ध गरिरहेको छ । त्यसैको निरन्तरतामा उसले हिजो संसदमा नाराबाजी गरेको थियो । 

सामान्यतया: संसदमा प्रतिपक्षका सांसदहरु उभिएका बेला सभामुखले सदनलाई कार्यसूचीमा प्रवेश नगराउने परम्परा छ । तर,हिजो भने प्रचलित संसदीय अभ्यास र परम्परा मिचेर सभामुख देवराज घिमिरेले नाराबाजीकै बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए । त्यसपछि रविलाई रोक्ने र बोक्ने पक्ष आमनेसामने हुँदा संसद बैठक तनावग्रस्त बन्यो । 

त्यसक्रममा नाराबाजी गरिरहेका कांग्रेस उपसभापति धनराज गुरुङ र ओलीबीच भनाबैरीसमेत परेको थियो । उनीहरुको चर्कै भनाभन भएको देखिए पनि संवाद भने सुनिएको छैन । यसबारे जिज्ञासा राख्दा संसद सचिवालयका एक कर्मचारीले भने, 'ओलीले धनराजलाई कोट्याएर रविका लागि बाटो छोडिदिन र सत्तापक्षको रोमा नआउन भनेपछि विवाद शुरु भएको भन्ने बुझिन्छ । धनराजले झन् आक्रोशित भएर नारा लगाएकाले पनि बाहिरबाट देख्नेलाई ठूलै चर्काचर्की परेको हो कि भन्ने लागेको हो !'   

गिरिबन्धुको इस्यु नर्मलाइज गर्ने प्रयास हो यो । संसदलाई यस्तै कुरामा अड्काएर आफू संलग्न रहेको गिरिबन्धु प्रकरण पन्छाउन खोजेको रूपमा हामीले बुझेका छौँ',कांग्रेस स्रोत दाबीका साथ भन्छ, 'सभामुख,निर्वाचन आयोगलगायत संवैधानिक निकायमा किन आफ्नो पकेटको मान्छे राख्न खोज्दा रहेछन् भन्ने कुराको नमूना पनि हो हिजोको घटना ।'

प्रतिपक्षले संसदमा नाराबाजी गर्दा कहिलेकाहीं युवा सांसदहरु उत्तेजित हुने गरेको देखिन्थ्यो । कुर्सी तोडफोडदेखि सभामुखलाई ताकेर माइक फालिएको,बजेटको ब्रिफकेश खोसेको जस्ता घटना पनि संसदीय इतिहासमा दर्ज छन् । तर, सत्तापक्षकै सांसद त्यसमा पनि शीर्ष नेता आफैँ पाखुरा सुर्किएर प्रतिपक्षमाथि जाइलागेको घटना भने सम्भवत: यो नै पहिलो होला । 

जबकि एमाले अध्यक्ष ओली यसअघि प्रतिपक्षमा हुँदा कैयौँ पटक पार्टीले संसद अवरुद्ध गर्दासमेत आसनबाट उठेर नाराबाजी गरेको देखिएको थिएन । एमालेका युवा सांसदहरुले नै विरोधको मोर्चा सम्हाल्ने गर्थे । तर, यसपटक ओली किन यसरी आक्रोशित भएका होलान् ? गृहमन्त्री रवि लामिछानेको बचाऊका लागि मात्रै यो हदमा पुगेको होला त ?  

एमाले निकट स्रोतको भनाई मान्ने हो भने रविको बचाऊका लागि होइन,कांग्रेसप्रतिको आक्रोशले हो । गिरिबन्धु टि इस्टटेटको जग्गा घोटाला प्रकरणमा कांग्रेस महामन्त्री गगन थापाको टिप्पणीप्रति ओलीको असन्तुष्टि थियो । गिरिबन्धुसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले तत्कालीन ओली सरकारको निर्णय उल्ट्याइदिएपछि बुधबार थापाले थप अनुसन्धान हुनुपर्ने धारणा राखेका थिए । 

सभामुखले बैठक स्थगित गरेपछि संसद भवनभित्रको प्यासेजमा कांग्रेस सांसद दिपक गिरी र एमालेका दयालबहादुर शाही धक्कामुक्कीमा उत्रिएका हुन् ।  

बुधबारै ओलीले गगनलाई जवाफ फर्काउँदै गिरिबन्धु टि-इस्टेटको जमिन नेपाली कांग्रेसले कमिसनमा बेच्न दिएको आरोप लगाएका थिए । कांग्रेसप्रति निकै आक्रोशित देखिएका ओलीले पार्टी संसदीय दलको बैठकबाट संसद अवरोध स्वीकार्य नभएको चेतावनी पनि दिए । गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिएर काँग्रेसले लोकतन्त्रको धज्जी उडाएको आरोप लगाउँदै ओलीले अब त्यस्तो नचल्ने कडा टिप्पणी गरेको भोलिपल्ट प्रतिनिधिसभामा कांग्रेस र एमाले आमनेसामने भएका हुन् । 

'गिरिबन्धुको इस्यु नर्मलाइज गर्ने प्रयास हो यो । संसदलाई यस्तै कुरामा अड्काएर आफू संलग्न रहेको गिरिबन्धु प्रकरण पन्छाउन खोजेको रूपमा हामीले बुझेका छौँ',कांग्रेस स्रोत दाबीका साथ भन्छ, 'सभामुख,निर्वाचन आयोगलगायत संवैधानिक निकायमा किन आफ्नो पकेटको मान्छे राख्न खोज्दा रहेछन् भन्ने कुराको नमूना पनि हो हिजोको घटना ।'

कांग्रेसले संस्थागत रुपमै सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेका कारण संसदमा अप्रिय घटना घटेको निस्कर्ष निकालेको छ । महामन्त्री थापाले भने,‘सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो,यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ ।'

उनले सभामुख घिमिरे एमाले अध्यक्ष ओलीको आदेश पालकका रुपमा देखिनु दुखद भएको पनि बताए । ‘सभामुख एउटा नेताको आदेशपालकका रुपमा भूमिकामा रहने कुरा दु:खद विषय हो,’ थापाले भने, ‘यो यसरी निरन्तर रुपमा जाँदैन भन्ने कुराको अपेक्षा गर्छौँ ।’

करिडोरमा अर्को लफडा 

संसद बैठकपछि पनि सत्ता र प्रतिपक्षका सांसदहरुको चर्काचर्की पर्यो । सभामुखले बैठक स्थगित गरेपछि संसद भवनभित्रको प्यासेजमा कांग्रेस सांसद दिपक गिरी र एमालेका दयालबहादुर शाही धक्कामुक्कीमा उत्रिएका हुन् ।  

संसद सचिवालयका मर्यादापालकले सुनाएअनुसार कांग्रेस नेताले आफ्ना अध्यक्षलाई औंला  ठड्याएकोमा रिसाएका शाहीले सांसद गिरीलाई झम्टिन खोजेका थिए । झम्टाझम्टी गरेका यी दुईलाई मर्यादापालकले छुट्याएपछि कुटाकुट भने हुन पाएन  । 

अर्कोतिर श्रममन्त्री डोलप्रसाद अर्यालको पनि कांग्रेस सांसदसँग चर्काचर्की परेको थियो । एकजना कांग्रेसी सांसदले 'सहकारी ठग' भनेपछि 'के भन्नु भयो रे!' भन्दै उनी रिसाएको र झण्डै झगडा परेको प्रत्यक्षदर्शी कर्मचारीले बताए । 'मर्यादापालक बेलैमा पुगेर नछुट्याएको भए त्यहाँ पनि हानाहान हुने स्थिति थियो',उनले भने । 

टिप्पणीहरू