कटुवा पेस्तोलसहित समातिएका अर्जुनलाई अदालतमा उभ्याइयो

कटुवा पेस्तोलसहित समातिएका अर्जुनलाई अदालतमा उभ्याइयो
सुन्नुहोस्

काठमाडौंको कपनबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका–१०, कपन पैयुटार नजिकै सिन्धुपाल्चोकका २३ वर्षीय अर्जुन दर्नाल सुनार कटुवा पेस्तोलसहित समातिएका हुन् । 

प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । पैंयुटारस्थित डेरामा बस्दै आएका उनको कोठामा अवैध हातहतियार रहेको सूचना प्रहरीले प्राप्त गरेको थियो । 

सुनारको कोठा खानतलास गर्दा लुकाईछिपाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद भएको हो । प्रहरीका अनुसार एक थान मोबाइल फोनसहित पक्राउ परेका उनीमाथि हातहतियार खरखजानासम्बन्धी कसुरमा पाँच दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू