बालुवा डिपो सञ्चालक पनि भ्रष्टाचारमा तानिए

बालुवा डिपो सञ्चालक पनि भ्रष्टाचारमा तानिए

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माणको ठेक्का पाएका बालुवा डिपो सञ्चालक पनि भ्रष्टाचार मुद्दामा तानिएका छन् । सञ्चालक सुसान्त कुईंकेललसहित चार जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुईंकेलसहित उपभोक्ता समिति अध्यक्ष लक्ष्मण अधिकारी, सचिव प्रेमप्रसाद भण्डारी र सदस्य मोहनप्रसाद कुईंकेलविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ । 

उनीहरुले नगरपालिकाबाट राजाडिल सडक खण्ड मर्मत तथा निर्माण कार्यको ठेक्का पाएपछि बाटो स्तरोन्नती योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समितिमार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुस मागेको अख्तियारको आरोप छ । 

आयोगको टंगालबाट खटिएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

गैरकानूनी लाभ लिने उद्देश्यले नगरपालिकासँग भएको सम्झौता विपरीत कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा आज विशेष अदालत काठमाडौंमा चारै जनाविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

टिप्पणीहरू