भारतबाट साइकल चढेर आउँदै गरेकाको साथमा आठ लाखको बिटो

भारतबाट साइकल चढेर आउँदै गरेकाको साथमा आठ लाखको बिटो

सशस्त्र प्रहरी बल नेपालले सिरहामा स्रोत नखुलेको आठ लाख रुपैयाँ बरामद गरेको छ । भारतबाट साइकल चढेर नेपालतर्फ आउँदै गरेका दुई जनाको साथबाट उक्त रकम फेला परेको बताइएको छ । 

दिउँसो बरियारपट्टी गाउँपालिका ३, बरियारपट्टी सीमा इलाकाबाट सशस्त्रको  टोलीले साइकलमा ल्याउँदै गरिएको स्रोत नखुलेको आठ लाख नेपाली रुपैयाँ बरामद गरेको हो ।

प्रहरीले नगदसहित स्थानीय १९ वर्षे ओमनाथ नारायण मण्डल र धनगढीमाई नगरपालिका ७ का १९ वर्षे ओमप्रकाश महतोलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको निम्ति भन्सार कार्यालय माडरमा बुझाएको छ ।

टिप्पणीहरू