साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोपमा सिक्किममा नेपाली महिला पक्राउ

साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोपमा सिक्किममा नेपाली महिला पक्राउ

भारतको सिक्किममा एक जना नेपाली महिला युट्युबर पक्राउ परेकी छन् । सामाजिक सञ्जाल युट्युबमा साम्प्रदायिक हिंसा भड्काउने खालको भिडियो पोष्ट गरेको आरोपमा ती महिलालाई पक्राउ गरिएको बताइएको छ ।

खोटङकी उमा चाम्लिङ राईले गम्भीर खालको भिडियो पोष्ट गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई म्याद थपको निम्ति आजै स्थानीय अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

उनलाई केही दिन हिरासतमा राखेर थप अनुसन्धान गरिने प्राप्त समाचारमा जनाइएको छ ।

टिप्पणीहरू