गुनासो सम्बोधनका लागि ‘श्रमाधान कल सेन्टर’

गुनासो सम्बोधनका लागि ‘श्रमाधान कल सेन्टर’
सुन्नुहोस्

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । 

श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्न मन्त्रालयले कल सेन्टर सेवाको शुरुवात गरेको हो । १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर सो सेवाको शुरुवात गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार श्रम कल सेन्टरको फोन नम्बर ११४१ मा सम्पर्क गर्दा पैसा लाग्दैन् । त्यस्तै, अनलाइन सहायताका लागि ह्वाट्सएप, भाइबर र इमो नम्बर ९८५१३४७२२२ सार्वजनिक गरिएको छ ।

टिप्पणीहरू